बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बसले स्कुटीलाई ठक्कर दिँदा एक वर्षीय बालकसहित एकै परिवारका ३ को मृत्यु

दैनिक नेपाल २०७७ असोज ११ गते १९:३५

काठमाडौँ, ११ असोज । बारा जिल्लामा दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

बाराको जीतपुर सिमरा १ स्थित दधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा निजगढ नगरपालिका १० लाल बस्ने तीर्थमान स्याङ्तान, उनकी श्रीमती ज्योती स्याङ्तान र १ वर्षी छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दधौरा पुलबाट २ सय मिटर पूर्वी सडकखण्डमा पथलैयातर्फ आउँदै गरेको ना. ४ ख. ७२४४ नम्बरको बसले प्रदेश नं. २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित