७ कार्तिक २०८३, शनिबार

पीसीआर परीक्षण गराएर मात्रै परीक्षामा सामेल गराउने निर्णय कार्यान्वयन नगराउन निर्देशन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असोज । विद्यार्थीको पीसीआर परीक्षण गराएर मात्रै परीक्षामा सामेल गराउने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न र नगराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार निजी मेडिकल कलेजको उक्त निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएका हुन् ।

प्रवक्ता गौतमका लक्षण नभएका विद्यार्थीमा पीसीआर परीक्षण गराउने निर्णय अवैज्ञानिक हुन्छ । उनले सरकारले पीसीआर परीक्षणका लागि तोकेका व्यक्ति र मापदण्डबाहेक अको परीक्षण गर्नु गलत भएको प्रष्ट पारे ।

‘निजी मेडिकल कलेजले विद्यार्थीलाई आरटी पीसीआर गराएर कलेजले परीक्षामा सहभागी गराउने भन्ने निर्णय गरकोमा योे निर्णयलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन’, प्रवक्ता गौतमले भने, ‘लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण गराउने निर्णय कार्यान्वयन नगर्न र नगराउनुहुन मन्त्रालय अनुरोध गर्दछ ।’