शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना परीक्षणको रिपोर्ट सम्बन्धित व्यक्तिलाई नै दिने स्वास्थ्य मन्त्रालयको निर्देशन

दैनिक नेपाल २०७७ असोज ११ गते १७:४१

काठमाडौँ, ११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको रिपोर्ट सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन दिएको छ ।

मन्त्रालयले स्वाब दिनेको पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि सम्बन्धितलाई नै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउन निर्देशन दिइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित