बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

काठमाडौँमा ६३३ सहित उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित, ५ को मृत्यु

दैनिक नेपाल २०७७ असोज ११ गते १६:४३

काठमाडौँ, ११ असोज । काठमाडौँ उपत्यकामा थप ८ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय ३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ गरी उपत्यकामा ८ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, उपत्यकामा गत २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका ३ जना र ललितपुरका २ जना रहेका छन् ।

उपत्यकामा शनिबार ७ सय २४ जनामा संक्रमण देखिएको थियो ।

देशभर आइतबार थप १ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय ७७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित