शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सकियो मन्त्रिपरिषद बैठक, मन्त्री हेरफेरबारे भएन छलफल

दैनिक नेपाल २०७७ असोज ११ गते १६:०२

काठमाडौँ, ११ असोज । सरकारले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरषदको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपषिद पुनर्गठनका चर्चा चलेपनि बैठकमा त्यसबारे केही छलफल नभएको बताइएको छ ।

स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।

त्यस्तै, केही मन्त्रालयलाई टुक्रिन सक्ने पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित