शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना भाइरसको संक्रमणबाट थप २१ जना प्रवासी नेपालीको मृत्यु

दैनिक नेपाल २०७७ असोज ११ गते ११:३१

लन्डन, ११ असोज । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २१ जना प्रवासी नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरी शनिबार साँझसम्म २१ जना नेपालीको ज्यान गएको हो । यो सँगै कोरोना भाइरसको संक्रमणबाट विभिन्न १७ वटा देशमा ज्यान गुमाउनेको संख्या विभिन्न २६५ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ जना नेपालीका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै नेपालमा मात्र ७१ हजार ८२१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ५३ हजार १३ जना कोरोनामुक्त भएका छन । यो कुल संक्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कोरोना भाइरसकै कारण नेपाल सहित विश्वभर छरिएका नेपाली मध्य ७३२ जनाको निधन भएको छ । यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित