७ कार्तिक २०८३, शनिबार

सहकारीद्वारा उपभोक्ता सुपथ मुल्य संचालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-वि वि श्रेष्ठ

दमौली, १० असोज । एशिएन सहकारी उपभोक्ता सहकारी संस्थाले उपभोक्ता सुपथ मुल्य पसल संचालन गरेको छ ।

संस्थाको अध्यक्ष राजकुमार श्रेष्ठले सहकारको मुल्य मान्यता अनुरुप सहकारीले उपभोक्ता सुपथ मुल्य पसल संचालन गरेको बताए । तनहुँ उपभोक्ता सहकारी संघका जिल्ला अध्यक्ष राजेन्द्र केशरी न्यौपानेले एशियन सहकारीले उपभोक्तासँग सम्वन्धित रहेर एशिएन मार्ट सुपथ मुल्य पसल खोलेर उपभोक्तालाई सेवा दिएको बताउँ लक्ष्य र उद्देश्य अनुरुप काम गर्न सहकारी सफल भएको बताए ।

जिल्ला सहकारी संघका सचिव मदन पण्डितले सहकारीको विद्यान अनुसार सहकारी संचालन गर्नुपर्नेमा जोड दिएका थिए । नयाँ सहकारी ऐनले सहकारीलाई थप उद्देश्यका लागी नियमन गरेको हुदाँ अवका दिनमा सहकारीले आफनो लक्ष्य अनुरुप काम गर्नुपर्ने बताए ।

सहकारीहरु आफनै उद्येश्य अनुरुप काम गर्नुपर्ने बताएका पण्डितले एशिएन उपभोक्ता सहकारी संस्थाले उपभोक्ता सँग सम्वन्धित रहेर कार्य गरेको समेत बताए ।

यसैगरि उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुष्ठनाथ मिश्रले सहकारीले उपभोक्ता पसल संचालन गरेर प्रदेशमा नै उच्चस्तरका काम गरेको बताए ।

कुनै पनि सहकारीले उद्देश्य अनुरुप काम गरेको छैन, यो सन्र्दभमा एशिएन सहकारीले सुपथ मुल्य पसल खोलेर उपभोक्ता लाई लाभान्वित हुने काम गरेको छ, यो अति नै सह्रायिन काम हो, उनले भने ।

यसैगरि उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य वृषराज श्रेष्ठले नाम अनुसारको काम गरेको बताए । यो सहकारी प्रत्यक्ष रुपमा उपभोक्तासँग जोडिएको छ, अवका दिनमा सवै सहकारीहरु विद्यान अनुरुप काम गर्नुपर्ने हुदाँ नियमअनुसार मात्र काम गर्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथी व्यास नगरपालिका वडा नं २ का वडाध्यक्ष काशीराम श्रेष्ठले सहकारीको अािर्थक प्रतिवदेनले सहकारीको यथार्थ धरातल प्रष्ट पारेको हुदाँ सहकारीको उद्येश्य अनुरुप काम गर्नका लागी सम्पुर्ण शेयर सदस्यहरु सहयोग गर्नुपर्ने बताए । युवाद्धारा संचालित सहकारीको कार्य देखेर खुशी लागेको समेत बताए ।

संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले सवै शेयरसदस्यहरुको सहयोगले मात्र सफल हुन सकिने हुदाँ सहकारीद्धारा संचालित उपभोक्ता पसलवाट नै उपभोग्य समानहरु खरिद गरेर सहयोग गर्न अपिल गरे । नेपाल सरकारद्धारा जारी गरिएको सहकारी ऐन नियम अनुसार नै उपभोक्ता पसल संचालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

२५० जना शेयर सदस्य रहेको संस्थाको शेयर पुजी ३ करोड ८ लाख ७६ हजार रहेको कोषाध्यक्ष चुडालाल मल्लले जानकारी दिए । संस्थाका सचिव कृष्ण वहादुर केसीले संचालन गर्नुभएको थियो भने स्वागत संस्थाका उपाध्यक्ष हरि वहादुर कार्कीले गरेका थिए ।