७ कार्तिक २०८३, शनिबार

वर्तमान सरकार कुरामा हैन काममा विश्वास गर्छ : मन्त्री ढकाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका छन् ।

शनिबार १६ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सक समारोहमा सम्बोधन भर्चुवल सम्बोधन गर्दै मन्त्री ढकालले सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको बताए ।

उनले कोभिड १९ को विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रीत रहेको बताए ।

सरकारले नीति तथा कार्यक्रम मार्फत नै सम्बोधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्ने बताए ।

उनले क्यान्सर रोगले सबैलाइ दुःख दिइरहेको बताउँदै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको जानकारी दिए ।

क्यान्सरबाट मृत्युहुनेहरू मध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै हामीले पनि क्यान्सर वृद्धिको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने बताए ।

सो क्रममा मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक सार्वजनिकीकरण गरेका थिए । शनिबारबाटै भरतपुर अस्पतालमा इटिकेटिङको पनि शुरू भएको छ ।

मन्त्री ढकालले भर्चुवल माध्यमबाटै अस्पताले इटिकेटिङका लागि तयार पारेको एप्स क्लिक गरेर सोको शुभारम्भ गरे । यसले क्यान्सर अस्पतलमा सेवा लिन आउने सेवाग्राहीलाई अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।