बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँमा ५८३ सहित उपत्यकामा थपिए ७२४ कोरोना संक्रमित, ४ को मृत्यु

दैनिक नेपाल २०७७ असोज १० गते १९:०६

काठमाडौँ, १० असोज । काठमाडौँ उपत्यकामा थप ७ सय २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ गरी उपत्यकामा ७ सय २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, गत २४ घण्टामा उपत्यकामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँमा २ जना र ललितपुर र भक्तपुरमा एक एक जना रहेका छन् ।

उपत्यकामा शुक्रबार ६ सय ४५ जनामा संक्रमण देखिएको थियो ।

देशभर शनिबार थप १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय ६७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित