
काठमाडौँ, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाहलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको सिंहले जानकारी दिएकी छन् ।
आफूलाई केही दिनदेखि हल्का ज्वरो आउने तथा खोकी लाग्ने भएकाले परीक्षण गराइएको उनले बताएकी छन् ।
अन्य कुनै लक्षण नदेखिए पनि शुक्रबार रिपोर्ट आउँदा पोजेटिभ भएको बताइन् ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ उनी कोरोना पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको जानकारी दिएकी छन् ।















प्रतिक्रिया