७ कार्तिक २०८३, शनिबार

नेपाली सेनाका करिब २२ सयमा कोरोना संक्रमण, साढे ५ सय निको

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज । हालसम्म नेपाली सेनाका २ हजार १ सय ९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयअनुसार संक्रमितमध्ये ५ सय ३९ जना निको भइसकेको जानकारी दिएको छ ।

हालसम्म २ सैनिकको कोरोनाका कारण मृत्यु भइसकेको छ भने हाल १ हजार ६ सय ५६ जना सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ ।