शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली मूलका श्रेष्ठ नगर समिति सदस्यमा नियुक्त

दैनिक नेपाल २०७७ असोज १० गते ७:३७

विजय थापा

डिसी । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका रामचन्द्र श्रेष्ठ नगर समिति सदस्यमा नियुक्त भएका छन् ।

कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को नगर सदस्यमा नियुक्त भएका हुन् ।

सेप्टेम्बर २४ का दिन उनलाई उक्त नगरपालिकाको नगर सदस्यमा नियुक्त गरिएको हो ।

उक्त पद २ वर्षको रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकोले श्रेष्ठले बाँकी १ वर्ष २ महिना काम गर्नुपर्नेछ । उनलाई डेमोक्र्याटिक ककसले सिफारिस गरेका हुन् ।

अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महानगरपालिकामा काउन्सिल मेम्बर (नगर परिषद सदस्य ) भन्ने चलन छ । कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग) भनिन्छ ।

नेपालमा सिन्धुपाल्चोककाे चौतरा घरभै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २० वर्षदेखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।

२४ वर्ष अगाडि अमेरिका आएका श्रेष्ठ सन् २०१२ मा कनेक्टिकटमा स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका(सोसाइटी अफ नेपालिज इन अमेरिका )का दोश्रो कार्यकालका लागि समेत निर्बिरोध निर्वाचित अध्यक्ष हुन् ।

प्रतिक्रिया
सम्बन्धित