शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भियतनाममा एकचोटि प्रयोग भइसकेको तीन लाख कन्डम बिक्रीमा

दैनिक नेपाल २०७७ असोज १० गते ७:११

लण्डन ।  भियतनाममा गैरकानूनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको छ ।

झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो । भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिएका छन् ।

प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको हो । गोदामबाट एक महिलालाई पक्राउ परेकी छिन् ।

ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको बताइन्छ । त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ ।

भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन् । अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन । बीबीसी

प्रतिक्रिया
सम्बन्धित