
काठमाडौँ, ९ असोज । सांसदहरुले कोरोना महामारीका कारण समाजमा ठूलो नकारात्मक असर परेको र त्यसले सामाजिक द्वन्द निम्त्याउने सक्नेतर्फ सचेत रहन आग्रह गरेका हुन् ।
संसदको महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विज्ञहरुको धारणामा नै एक रुपता नहुनु राम्रो नभएको बताउँदै त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् । कोरोनाका सम्बन्धमा विज्ञहरुको एउटै धारणा नहुनु आफैँमा राम्रो नभएको बताइएको छ ।
त्यस्तै, सांसदहरुले यो महामारीले भोकमरीको अवस्था सिर्जना गर्नतर्फ पनि सचेत गराइएको छ । त्यसैगरी सुत्केरी तथा गर्भवती महिलालाई झन् समस्या परेकोबारे पनि छलफल भएको थियो ।
त्यस्तै, छलफलमा सहभागी सांसदहरुले महामारीले सामाजिक, आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावबाट बाहिर निस्किन जरुरी रहेको बताए । समाजमा बन्दाबन्दीले नाकारत्मक धारणाको विकास हुने डर रहेको उनीहरुको भनाइ छ ।
छलफलमा सहभागी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौलाले महामारीको प्रभावलाई मध्यनजर गर्दै लक्षित समूहका लागि छुट्टाछुट्टै फोकल पर्सन तोकिएको जानकारी दिए ।
समस्यामा परेका महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु समस्या सम्बन्धित फोकल पर्सनले सम्बोधनका लागि सम्बन्धित क्षेत्र र व्यक्तिसँग सहजिकरण गर्ने गरेको पनि सहसचिव निरौलाको भनाई छ ।
समितिले महिला, बालबालिका, जेष्ठ नागरिक र फरक रुपले सबल व्यक्तिहरुको पीसीआर परीक्षण कार्यलाई प्राथगमिकता दिन तथा वैकल्पिक रुपमा विशेष व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिर्नेशन दिएको छ ।















प्रतिक्रिया