
काठमाडौँ, ९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको सम्पर्कमा नआएका र लक्षण नदेखिएकाहरुको कोरोना परीक्षण नगरिने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाका लक्षण भएका सबै व्यक्तिहरु पखाला ज्वरो सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या, स्वाद र गन्ध थाहा नपाउने व्यक्तिको पीसीआर परीक्षण हुनेछ ।
कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिले पाँच दिनपछि कोरोना परीक्षण गर्न सकिने उनले बताए ।
आकस्मिक श्वासप्रश्वासमा समस्या देखिएका, विदेशबाट फर्किएका पाँचदेखि सात दिनमा (क्वारेन्टिनमा बसेका) फ्रन्टलाइनमा खटिने व्यक्तिहरु, आईसीयूमा राख्ने सबै व्यक्तिहरु, दीर्घरोगीहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु पीसीआर परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।
६० वर्ष नाघेका व्यक्तिहरु, चिकित्सकीय सल्लाह अनुसार शल्यक्रीया गर्नुपर्ने व्यक्तिहरु भए तर पीसीआर नतिजा आएको छैन् भनेर रोक्न नपाइने प्रवक्ता डा. गौतमले जानकारी दिए ।















प्रतिक्रिया