
काठमाडौँ, ९ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।
शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ६ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
यससँगै मृतकको संख्या ४ सय ५९ पुगेको छ ।
शुक्रबार देशभर थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ४ सय ५५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।















प्रतिक्रिया