७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकामा थप ६ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ गरी उपत्यकामा ६ सय ४५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा बिहीबार ७ सय ५५ जनामा संक्रमण देखिएको थियो ।

देशभर शुक्रबार थप १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय ५९ जनाको मृत्यु भइसकेको छ ।