७ कार्तिक २०८३, शनिबार

बिहीबार थपिए १४ सय ९७ कोरोना संक्रमित, ४५७ निको

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४ सय ४७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

हाल देशभर १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ४ सय ५३ जना पुगेको छ ।