७ कार्तिक २०८३, शनिबार

जुट मिलको पर्खाल भत्किँदा विराटनगरमा एक महिलाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ८ असोज । मोरङमा विराट जुट मिलको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका १५ रानीकी ५५ वर्षीया समिरु नेसा रहेकी छन् । उनको बिहीबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी विहान कलमा पानी लिन जाँदै गर्दा एक्कासी पर्खाल भत्किएर उनलाई थिचेको थियो । पर्खालले थिच्दा गम्भीर घाइते भएकी उनलाई विराटनगर न्युरो अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको थियो ।