११ कार्तिक २०८३, बुधबार

मिर्गौलाका बिरामी देवकोटाको उपचारका लागि दुई लाख २३ हजार संकलन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मिर्गौला रोगबाट पीडित नेपाल तरुण दल सुनसरीका पूर्वअध्यक्ष दुर्गा देवकोटाको उपचारार्थ दुई लाख २३ हजार ४० रुपियाँ संकलन भएको जनाएका छन् ।

बस्नेतले बिहीबार विज्ञप्ति जारी गरेर सहयोग संकलनमा साथ दिने सबैलाई धन्यावाद दिएका छन् । उनले स्वदेश र विदेशमा रहेर पनि तरुण नेताको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्ने सबैलाई विशेष स्मरण गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी, नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य शंकर खड्का, नेपाली कांग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा अमेरिकाबाट दुई लाख तेईस हजार चालीस रुपियाँ सहयोग संकलन गरिएको छ ।

‘प्रवासमा बसेर पनि संगठनका एक योद्धाप्रति अपार माया र सदभाव देखाउनुभएकोमा तपाईहरू सम्पूर्ण सहयोगी मनहरूप्रति नेपाल तरुण दल केन्द्रीय समिति मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बस्नेतले सुनसरी तरुणका पूर्व अध्यक्ष दुर्गा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हरिबोल भण्डारी, शंकर खड्का, विकास उप्रेती, गौरीराज जोशी, सुनिल शाह, अन्नत सुबेदी, प्रमोद सिटौला, गुप्ता जोशी, अमृत सापकोटा, कृष्णजीवी पन्त, उज्जवल खत्री, राजु बम्जन, अमृत कट्टेल, रघु सुवेदी, राजन त्रिपाठी र प्रवीन घिमिरेले आर्थिक सहयोग गरेका छन् ।