शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नायिका पायल बलात्कृत, फिल्म निर्देशकविरुद्ध उजुरी दर्ता

दैनिक नेपाल २०७७ असोज ८ गते ७:५३

मुम्बई । बलिउड नायिका पायल घोषले याैन दुर्व्यवहारकाे अभियाेगमा प्रहरीमा निवेदन दिएकी छिन् ।

पायलकाे उजुरीमा मुम्बई प्रहरीले बलिउड चलचित्रकर्मी अनुराग कश्यपविरुद्ध यौन दुर्व्यवहारको एफआइआर दर्ता गरेको हाे । उनले कश्यपबाट आफू बलात्कृत भएकाे दाबी गरेकी छिन् ।

पायलले अनुरागमाथि सन् २०१३ मा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । अनुरागले आफूमाथि लागेको आरोप आधारहीन भनि खारेज गरेका छन् ।

वर्सोेवा प्रहरी चौकीमा अनुराग कश्यपविरुद्ध उजुरी दर्ता भएको छ ।

भारतीय दण्ड संहिताको धारा ३७६ (बलात्कार), धारा ३५४ (महिलाको गरिमा भंग गर्ने उद्देश्यले गरिएको आक्रमण), धारा ३४१ (गलत तरिकाबाट अंकुश लगाउनु) र धारा ३४२ (गलत गरिकाले बन्दी बनाउनु) अनुसार उजुरी दर्ता भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धान जारी रहेको र अनुराग कश्यपलाई सोधपुछका लागि बोलाइने ती प्रहरी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित