शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गैर सरकारी संस्था महासंघ नेपाल, तनहुँद्धारा आईशोलेशनमा फलफुल वितरण

वि वि श्रेष्ठ २०७७ असोज ७ गते २१:०१

-वि वि श्रेष्ठ

तनहुँ, ७ असोज । समाजिक क्षेत्र, राष्ट्रिय गौरव, आजको आवश्यकता, सम्वृद्धि र सुखका लागि समाजिक रुपान्तरण र उद्यमशिलता को नारासहित गैर सरकारी संस्था महासंघ नेपाल, तनहुँ शाखाले ४१ औ समाजिक सेवा दिवस आईशोलेसनमा भएका कोरोना संक्रमितहरुलाई फलफुल वितरण गरि मनाएकोे छ ।

गैर सरकारी संस्था महासंघ तनहुँका पुर्व जिल्ला अध्यक्ष एवं ईन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दमौली अस्पतालवाट संचालन गरिएको आईसोलेशन कक्षमा कोरोना संक्रमितहरुलाई फलफुल वितरण गरिएको हो ।

३० केजी स्याउ, २० दर्जन केरा र अन्य फलफुल दमौली अस्तपताल विकास समितीका अध्यक्ष प्रदिपराज अधिकारीलाई गैरसरकारी महासंघ तनहुँका पुर्व अध्यक्ष रामलिला सुर्वणकारले हस्तान्तरण गरेका हुन् ।

देश नै कारोनाले ग्रसित भएको सन्र्दभमा संक्रमितका स्वास्थ्य स्थिती मजवुत गराउन र आत्मवल वढाउनका लागी सहयोग समाग्री फलदायी हुने दमौली अस्पताल विकास समितीका अध्यक्ष प्रदिपराज अधिकारीले बताए ।

संयुक्त दलित उत्थान मंच तनहुँ, ग्रामिण सशक्तिकरण समाज तनहुँ, र ईन्सेक तनहुँ सहआयोजक रहेको कार्यक्रमको संचालन जिल्ला प्रतिनिधी प्रकाशचन्ल्र भट्टराईले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित