मंगलबार, ४ कार्तिक २०७७
DainikNepal.com
मंगलबार, ४ कार्तिक २०७७

सरकारद्वारा सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा

दैनिक नेपाल २०७७ असोज ७ गते २०:२२

काठमाडौँ, ७ असोज । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दुवै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

यससँगै विश्व बैंकबाट प्राप्त ६ अर्बको प्रयोगले पुननिर्माण गरिनेछ । विपत व्यवस्थापन प्राधिकरणले यसको अगुवाई गर्ने ज्ञवाली जनाए ।

प्रतिक्रिया
सम्बन्धित