शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेपाल–चीनबीच सीमा समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली

दैनिक नेपाल २०७७ असोज ७ गते २०:०५

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल–चीनबीच सीमा समस्या नरहेको बताएका छन् ।

वुधबार असोज १ गते र ६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएका हुन् ।

हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रष्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको बताएका हुन् ।

चीनले नेपाल चीन सीमाभन्दा एक किलोमिटर पर नै संरचना बनाएको मन्त्री ज्ञवालीले जनाएका छन् ।

अहिले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थलगत अध्ययन टोली गएको र त्यसको रिपोर्ट बुझाउन बाँकी रहेको उनले बताए ।

त्यो प्रतिवेदन आइसकेपछि मात्रै थप भन्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित