शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आगामी ३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने, सतर्क रहन आग्रह

दैनिक नेपाल २०७७ असोज ७ गते १९:५०

काठमाडौँ, ७ असोज । मुलुकभर आगामी ३ दिनसम्म धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वुधबार महाशाखाले एक सूचना जारी गर्र्दै नेपालमा हालसम्म पनि मनसुन सक्रिय अवस्थामा रहेकाले वर्षा हुने जनाएको छ ।

महाशाखाले भनेको छ, “आजसम्मको विश्लेषण अनुसार हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम-उत्तर-पश्चिम तर्फ सर्ने क्रममा आगामी तीन दिन अर्था सेप्टेम्बर २५ सम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन,चट्टयाङ्ग, हावाहुरीसहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।“

महाशाखाले यो समयमा विभिन्न नदीमा बहाव बढ्ने भएकाले सबैलाई सुरक्षित र सतर्क रहन आग्रह पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित