बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

फेरि लकडाउन हुने सक्ने, एक महिना सबै सार्वजनिक सेवा बन्द गर्न सिफारिस

दैनिक नेपाल २०७७ असोज ७ गते १८:०२

काठमाडौँ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या नेपालमा २५ हजार भन्दा बढेमा पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले वुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने बताएका छन् ।

त्यस्तो अवस्थामा भएकाले मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमल लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमले कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको बताए ।

त्यस्तै अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित