७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ४९२ सहित उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । काठमाडौँ उपत्यकामा थप ६ सय ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ गरी उपत्यकामा ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा मंगलबार ६ सय ४७ जनामा संक्रमण देखिएको थियो ।

देशभर वुधबार थप १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय ३६ जनाको मृत्यु भइसकेको छ ।