७ कार्तिक २०८३, शनिबार

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ७ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ४ सय ३६ पुगेको छ ।

वुधबार देशभर थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ८ सय ९३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।