७ कार्तिक २०८३, शनिबार

वुधबार थपिए ११ सय ७२ कोरोना संक्रमित

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेपालमा थप १ हजार १ सय ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ८ सय ९३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

हाल देशभर १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।