शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बाघको छाला र सालकको खपेटासहित पक्राउ

दैनिक नेपाल २०७७ असोज ७ गते १२:४४

सांकेतिक तस्वीर

कास्की, ७ असोज । पोखरा महानगरपालिका ३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७ सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका ४ घर भएका २८ वर्षीय सन्तोष लामिछाने रहेका छन् । प्रहरीले लामिछानेलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

उक्त स्थानमा वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले शिशुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश ३/०२/०११ प ७८०६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा लुकाई ल्याएको उक्त आखेटोपहार फेला पारी मोटरसाइकल चालक लामिछानेलाई पक्राउ गरेको हो ।

बरामद सामान सहित उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित