७ कार्तिक २०८३, शनिबार

उपचारका क्रममा बाँकेमा कोरोना संक्रमितको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ७ असोज । कोरोना संक्रमित एक जना पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।

बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका–७ निवासी ६४ वर्षीय पुरुषको मृत्यु भएको हो। उनलेको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।

ती संक्रमितलाई असोज ४ गते बिहान अस्पताल भर्ना गरिएको थियो। उनलाई निमोनियाको गम्भीर संक्रमण देखिएको थियो।