७ कार्तिक २०८३, शनिबार

तानसेन–बुटवल सडकखण्ड अबरुद्ध, पहिराे हटाउन पहल शुरू

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, ७ असोज । पाल्पा जिल्लाको बुटवल–तानसेन सडक खण्ड अबरुद्ध भएको छ।

बुधबार बिहान पौने ९ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए।

‘सिद्दार्थ राजमार्गस्थित पाल्पाको तिनाउँ गाउँपालिका–५ कालिमाटीमा ढुङ्गासहितको पहिरो खसेकोले बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ’, उनले भने, ‘सडक डिभिजनसंग समन्वय गरी सडक खुलाउन पहल भैरहको छ।’

पहिरोसम्बन्धमा थप विवरण आउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।