शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्याङयोङ्ग सुपर डिस्काउन्ट

दैनिक नेपाल २०७७ असोज ७ गते ८:३०

काठमाडौं, ७ असोज । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” ल्याएको छ ।

ग्राहकहरूले यस अफरअन्र्तगत कोरियन लक्जरी एसयुभी र एक्सएलभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरू (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।

आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरूलाई एक वर्ष निःशुल्क बीमा, २५ हजार बराबरको निःशुल्क सहयोग, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्षसम्म)लगायतका सेवा दिइने कम्पनीले जनाएको छ।

यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गते देखि असोज २० गते सम्ममात्र हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित