शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

यूनियन लाइफ चौथो वर्षमा प्रवेश

दैनिक नेपाल २०७७ असोज ७ गते ८:२५

काठमाडौं, ७ असोज । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो बर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यावसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।

‘कम्पनीले कारोवार संचालन गरेको तेश्रो बर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ’, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले भने, ‘कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने छौं ।’

कम्पनीले बीमा समितिबाट असोज ४ गते कारोवार संचालनको अनुमति पाएको थियो ।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरूबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरू सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका बीमा योजनाहरू उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरूको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

कम्पनीको २ अर्ब १५ करोड जारी पुंजी रहेको छ । सो जारी पुंजीको ३० प्रतिशतले हुने साधारण शेयर चाडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ ।

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरूमा शेखर गोल्छा, सन्दीपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल रहेका छन्।

कम्पनीको मुख्य लगानीकर्ताहरूमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

तेश्रो बार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरू, अभिकर्ताहरू, बीमितहरू, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित