बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

राेल्पामा दुई महिला अफिमसहित पक्राउ

दैनिक नेपाल २०७७ असोज ७ गते ७:५४

राेल्पा, ७ असाेज । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिमसहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा थवाङ–२ ठूलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योति रोका र ४५ वर्षीया मुली झाक्री रहेका छन्।

प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको जनाइएकाे छ।

बिना ज्योति र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागुऔषध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

बिना ज्योति रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाक्रीले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम लागुऔषध बरामद गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित