३ कार्तिक २०८३, मंगलबार

नायिका दीपिका ड्रग्स कनेक्सनमा नाम जाेडियाे, बयान लिने तयारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा कलाकार– ड्रग्स कनेक्सनका बारेमा रहस्य खुल्न थालेको छ।

ड्रग्स कनेक्सनमा जाँच गर्दै आएको प्रहरीले सारा अलि खान, दिपिका पादुकोण, श्रद्धा कपूर, नम्रता शिरोडकरदेखि दिया मिर्जा समेत सहभागी रहेको दावी गरेको छ।

प्रहरीद्धारा पक्राउ गरिएका कारोबारी अनुज केशवानी र अंकुशको बयानको आधारमा दीपिकालाई प्रहरीले शंकास्पदको सूचीमा राखेको छ ।

मुम्बई प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार कुनै समय दियाका मेनेजरको पनि ड्रग्स कारोबारीकाे नजिक रहेका थिए।