७ कार्तिक २०८३, शनिबार

मंगलबारका टप टेन न्युजहरु हेर्नुहोस् एकै ठाउँमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मन्त्रिपरिषद पुनर्गठनको जिम्मा प्रधानमन्त्री ओलीलाई

काठमाडौँ, ६ असोज । सत्तारुढ नेकपाले मन्त्रिपरिषद पुनर्गठनको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।

मंगलबार बालुवाटारमा भएको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि आवश्यक परामर्श गरि सरकारको काम प्रभावकारी बनाउन छिटो भन्दा छिटो मन्त्रिपरिषद पुनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

संवैधानिक आयोगको पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह

सत्तारुढ नेकपाले तत्काल संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले संवैधानिक आयोगमा नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदपूर्ति गर्न आग्रह गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

थप १३ सय ५६ मा कोरोना पुष्टि, २ को मृत्यु, ८२३ निको

नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय २३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

हाल देशभर १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म कोरोनाका कारण ४ सय २९ जनाको मृत्यु भइसकेको छ ।

उपत्यकामा थपिए ६ सय ४७ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ गरी उपत्यकामा ६ सय ४७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेको छ । जसमा काठमाडौँमा १४ हजार १ सय ५४, ललितपुरमा १ हजार ६ सय १० र भक्तपुरमा १ हजार ५ सय २६ रहेका छन् ।

४८ हजार बढी कोरोनामुक्त कुन प्रदशमा कति ?

नेपालमा हालसम्म उपचारपछि कोरोनामुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेमा प्रदेश १ मा ४ हजार ३ सय ९७, प्रदेश २ मा १२ हजार ४ सय ७६, वागमती प्रदेशमा ११ हजार ८ सय ५४, गण्डकी प्रदेशमा २ हजार ८ सय ११ जना रहेका छन् ।

त्यस्तै, प्रदेश ५ मा ७ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ हजार ७ सय ४१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थपिए १६६ कोरोना संक्रमित, ३७ निको

प्रदेश १ मा मंगलबार थप १ सय ६६ कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकासम मन्त्रालयका अनुसार थपिएका संक्रमितहरुमा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेका छन् । प्रदेश १ मा मंगलबार ३७ जना डिस्चार्ज भएका छन् ।

बैंक तथा वित्तीय संस्थाका शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले मंगलबारदेखि ३ दिनसम्म बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको हो ।

खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुक कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ ।

यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन। अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित

सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । आगामी असोज २४ गतेका लागि तय भएको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

महन्तले नै खुलाए जानकी मन्दिर

जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि आइतबारदेखि खुला गरिएको छ ।

लामो समयको लकडाउन र पटक–पटकको निषेधाज्ञाका कारण बन्द गरिएको मन्दिर संघ, प्रदेश र स्थानीय तहको अनुमतिविनै खुला गरिएको हो ।

मन्दिर खुल्ला गरिएसँगै जनकपुरधाम र आसपासका दर्शनार्थीहरु आउन थालेको महन्तहरुले बताएका छन् ।