७ कार्तिक २०८३, शनिबार

नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मोरङ, ६ असोज । विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जनालाई सोही महानगरपालिका ४ स्थित जमानुगाछीबाट सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका ६ बस्ने २१ वर्षीय विजय सहनी, २१ वर्षीय रविन सहनी, १९ वर्षीय सुमित सहनी र एक जना १८ वर्षीय किशोर रहेका छन् ।

उक्त स्थानबाट टेलिकमको तार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा उनीहरूलाई नेपाल टेलिकमको १ सय ५० पेयर र २ सय २० मिटर केवल तार र को.९ प ४१५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनीहरूलाई चोरी ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।