
विराटनगर, ६ असोज । प्रदेश १ मा मंगलबार थप १ सय ६६ कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकासम मन्त्रालयका अनुसार थपिएका संक्रमितहरुमा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेका छन् ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहबीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २, जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको छ । प्रदेश १ मा आज ३७ जना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग बाणिज्य संघ आइसोलेसन ताप्लेजुङबाट ३, होमआइसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १/१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ३३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख १७ हजार ८८८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया