७ कार्तिक २०८३, शनिबार

थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

सोमबार १६ जनाको मृत्यु भएकोमा आज मृत्यु हुनेको संख्या उल्लेख्य रुपमा घटेको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ४ सय २९ पुगेको छ ।

मंगलबार देशभर थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ८ सय २३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।