७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ५११ सहित उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ गरी उपत्यकामा ६ सय ४७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेको छ । जसमा काठमाडौँमा १४ हजार १ सय ५४, ललितपुरमा १ हजार ६ सय १० र भक्तपुरमा १ हजार ५ सय २६ रहेका छन् ।

उपत्यकामा सोमबार ६ सय ७४ जनामा संक्रमण देखिएको थियो ।

देशभर मंगलबार थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।