
काठमाडौँ, ६ असोज । नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय २३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
हाल देशभर १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।















प्रतिक्रिया