७ कार्तिक २०८३, शनिबार

खोलाले बगाउँदा १७ वर्षीया किशोरीको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

नवलपुर, ६ असोज । यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो ।

बाख्रा चराएर फर्कने क्रममा देवचुली–१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्वले जनाएको छ ।

सारुलाई सोमबार दिउँसो खोलाले बगाएपछि स्थानीयवासीले उद्धार गरेर चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पुर्याएका थिए ।

उनको उपचारकै क्रममा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । सारुको शव आज भरतपुर अस्पतालमा शवपरीक्षणपश्चात् परिवारलाई बुझाइएको खाँणले बताए । –रासस