
काठमाडौँ, ६ असोज । सत्तारुढ नेकपाले मन्त्रिपरिषद पुनर्गठनको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।
मंगलबार बालुवाटारमा भएको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि आवश्यक परामर्श गरि सरकारको काम प्रभावकारी बनाउन छिटो भन्दा छिटो मन्त्रिपरिषद पुनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको हो ।
प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुसँग परामर्श गरी मन्त्रिपरिषद पुनर्गठनको निर्णय लिन नेताहरुले सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।















प्रतिक्रिया