
काठमाडौँ, ६ असोज । सत्तारुढ नेकपाले तत्काल संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले संवैधानिक आयोगमा नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदपूर्ति गर्न आग्रह गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्तिको पक्रिया अघि बढाउन बैठकले आग्रह गरेको छ ।
१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । दलहरुबीच भागवण्डा नमिलेकैले नियुत्तक्ति ढिलो भएको बताइन्छ ।















प्रतिक्रिया