शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इस्मामा हराइरहेका एक जनाको शव भेटियाे

दैनिक नेपाल २०७७ असोज ६ गते ११:१६

फाइल तस्वीर

तम्घास, ६ असाेज । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं. २ हस्तिचौरको रातचौर, स्यालामा साेमबार राति गएकाे पहिरोमा हराइरहेका एक जनाको शव भेटिएको छ।

पहिरोमा पुरिएर बेपत्ता ३८ वर्षका प्रेमबहादुर कुमालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पहिरोमा ५ वर्षका सफल कुमाल हराइरहेका छन्।

नेपाली सेना, सशस्त्र र प्रहरीको टोलीले खोजी गरिरहेको छ। बाटोमा हिँड्दै गरेको अवस्थामा माथिबाट खसेको पहिरोले उनीहरूलाई पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित