३ कार्तिक २०८३, मंगलबार

फिल्म निर्देशक अनुरागलाई पूर्व पत्नीहरूले दिए साथ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । यौन उत्पीडनको आरोप लागेका बलिउडका फिल्म निर्देशक अनुराग कश्यपलाई उनका पूर्व पत्नीहरूले साथ दिएका छन्।

बलिउड नायिका पायल घोषले कश्यपलाई याैन उत्पीडनकाे अभियाेग लगाएकी थिइन्।

अनुरागकी पहिलो श्रीमती आरती बजजले इन्स्टाग्रममा पोस्ट गरेकी छन्, ‘अनुराग कश्यप तपाई रकस्टार हो। महिलाहरूलाई सशक्त गराउनु हुन्छ र गरिरहनु भएको पनि छ। महिलाका लागि सुरक्षित स्थान तयार पार्नु हुन्छ त्यो क्रम जारी राख्नु होला। मैले यो कुरा सबैभन्दा पहिले हाम्री छोरीको साथमा हेरेकी छु। दुनियामा इमानदारी निमेष मात्र पनि बाँकी रहेन र काम नलाग्दा मानिसहरूबाट भरियो।’

उनले लेखेकी छन्, ‘हरेकले आफ्नो शक्ति अरुलाई घृणा गर्न खर्चिरहेको छ, त्यो शक्ति रचनात्मकताका लागि लगाएको भए यो दुनिया राम्रो स्थान हुने थियो।’

अनुरागकी दोस्रो श्रीमती कल्की केकलाँले पनि इन्स्टाग्राममा पोस्ट गरेर उनको साथमा उभिएकी छन्। उनले लेखेकी छन्, ‘प्रिय अनुराग, सामाजिक सञ्जालमा भइरहेको यो रमिता आफूमा हाबी हुन नदिनु। तिमीले आफ्नो स्क्रिप्टमा महिलाको स्वतन्त्रताका लागि लडेका छौं। व्यवसायिक तथा व्यक्तिगत जीवनमा तिमीले महिलाको गरिमाको सुरक्षा गरेका छौं। म यी सबैको साक्षी हुँ कि निजी र व्यवसायिक क्षेत्रमा तिमीले मलाई आफ्नो बराबरको दर्जा दिएका थियौं।’

उनले लेखेकी छन्, ‘सम्बन्ध विच्छेदपछि पनि तिमी मेरो सम्मानका लागि उभियौं। हामी साथमा नभएका बेला पनि कार्यस्थलमा मैले असुरक्षित महसुस गरेमा तिमीले मलाई साथ दिन्थ्यौ ।’

पायल घोषले अनुराग कश्यपले ऋचा चड्ढा, माही गिल र मुहा कुरैशीसहितका अभिनेत्रीले आफूसँग यौनसम्बन्ध कायम गर्न राजी भएको र त्यस्तै अपेक्षा रहेको बताएकाे उल्लेख गरेकी थिइन् ।

अनुराग र ऋचा दुवैले सो आरोप अस्वीकार गरेका छन् । ऋचाले यसरी आफ्नो नाम लिएकोप्रति पायल घोषलाई कानूनी नोटिस पठाएकी छिन्।