७ कार्तिक २०८३, शनिबार

महिलालाई करणी गरेको अभियोगमा तीन जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक, ५ असोज । २८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरा कोठामा जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका ४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्नेहरू महाभारत गाउँपालिका १ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका १२ घर भएका २८ वर्षीय अमृत खड्का र भारत पश्चिम बंगाल घर भएका २३ वर्षीय रघुनाथ मण्डल रहेका छन् ।

उनीहरूले विभिन्न डरत्रास धाकधम्की देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।