
काठमाडौँ, ५ असोज । गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
कार्यकर्ता कुटपिटको विषयमा विवाद हुँदा झडप भएको बताइएको छ । आफ्ना कार्यकर्तालाई कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले सोमबार जिल्ला प्रशासन कार्यलय अगाडी प्रदर्शन गरेको थियो ।
प्रशासन कार्यालयभित्रै पस्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदर्शनकारीले प्रहरीको सुरक्षा सामाग्री खोस्न खोजेपछि झडप भएको थियो ।
झडपमा कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठसहित घाइते भएको बताइएको छ ।















प्रतिक्रिया