७ कार्तिक २०८३, शनिबार

संवैधानिक तथा राजनीतिक नियुक्तिका लागि नेकपाले थाल्यो गृहकार्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असोज । सत्तारुढ नेकपाले संवैधानिक तथा राजनीतिक नियुक्तिका लागि गृहकार्य आरम्भ गरेको छ ।

संवैधानिक निकायका करिब ४० पद, विश्वविद्यालय र अन्य महत्वपूर्ण नियुक्तिका लागि नेकपाले गृहकार्य सुरु गरेको हो । लामो समयदेखि त्यस्ता निकायका पद खाली हुँदा कार्य सम्पादन प्रभावित बनेको भन्दै पार्टीले त्यसका लागि गृहकार्य सुरु गरेको बताइएको छ ।

पार्टीभित्र संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा छलफल तथा गृहकार्य थालिएको स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विभिन्न नियुक्तिबारे सहमति भएपछि पार्टीको सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ । कहाँ कसलाई नियुक्ति गर्ने भन्नेबारेमा पार्टीले खुलाएको छैन ।

दुई अध्यक्षबीच सहमति गरेर सचिवालयले पारित गर्ने र राजनीतिक नियुक्तिका लागि सरकारकाले बाटो खुलाउने ओली दाहालको योजना रहेको बताइएको छ ।